१६ चैत्र २०८०, शुक्रबार

एकिकृत समाजवादी प्रदेश २ सरकारमा सहभागि हुने

samajbadt

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागि हुने भएकाे छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सरकारमा सहभागि हुने निर्णय गरेको हो ।

बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरिसकिएकाले उहाँमै नेतृत्वमा सरकारमा सहभागि हुने समभावना भएकाे एक नेताले जानकारी दिनुभयाे ।

संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागि हुने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताउनुभयाे ।

‘प्रदेश २ सरकारमा सहभागि हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको छ’, पाैडेलले भन्नुभयाे ।