७ बैशाख २०८१, शुक्रबार

त्रिकोणात्मक क्रिकेट सिरिज आजदेखि शुरु हुँदै

cricket

आईसीसी विश्वकप क्रिकेट लीग–टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एक दिवसीय श्रृंखला आजदेखि शुरु हुँदैछ ।

ओमानमा हुने त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नेपाल र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन । लीग–टु अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ वटा खेल खेलिसकेको छ । नेपालले अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो ।

सन् २०२० को फेब्रुअरी १२ तारिखमा त्रिवी क्रिकेट मैदानमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो । त्यसअघि फेब्रुअरी ८ तारिखमा अमेरिकालाई ३५ रनले हराएको थियो। तर ओमानसँगको दुबै खेलमा भने नेपाल पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटको हार व्यहोरेको थियो । लीग(टु मा नेपालले भोलि दोस्रो खेलमा ओमानसँग खेल्नेछ । त्यस्तै तेस्रो खेलमा अमेरिकासँग शुक्रबार अनि आइतबार अन्तिम खेलमा ओमानसँग खेल्नेछ । ४ खेलबाट ४ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

ओमान १० खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहँदा १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने आजको खेल दिउँसो सवा चार बजे शुरु हुनेछ।

उता अभ्यासका क्रममा दायाँ एंकलबमा चोट लागेपछि उपकप्तान दीपेन्द्रसिंह ऐरीले आजको खेल गुमाउने भएका छन् ।

    सम्बन्धित समाचार...