७ बैशाख २०८१, शुक्रबार

सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने, एमालेका तर्फबाट सुवास नेम्बाङ सहभागी हुने

KP Sharma Oli 69
फाइल फोटो

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने हुनुभएको छ ।

संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उहाँको सचिवालयले जनाएको छ । तर बैठकमा एमालेका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुने एमालेले जनाएको छ ।

सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गर्नुभएको थियो । पुस ५ र जेठ ७ गतेको संसद् विघटनपछि सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ । सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी हुनुभएको थिएन । ​