८ बैशाख २०८१, शनिबार

निधन भइसकेका भनिएका अलकायदा प्रमुख अल–जवाहिरीको भिडियो सन्देश सार्वजनिक

al jawahiri

निधन भैसकेको भनिएका अलकायदाका प्रमुख आयमान अल–जवाहिरी एक भिडियोमार्फत फेरि देखिएका छन् ।

अमेरिकामा भएको सेप्टेम्बर ११ आक्रमणको २०औं वार्षिकोत्सवका बेला अलकायदाका प्रमुख जवाहिरीको एक भिडियो सार्वजनिक भएको हो ।

उनको गत वर्ष डिसेम्बरमै मृत्यु भैसकेको भनेर सार्वजनिक भएको थियो । जिहादी समूहको अनलाइन गतिविधिको निगरानी गर्ने गुप्तचर समूह साइटले यसको जानकारी दिएको हो ।

६० मिनेटको भिडियोमा तालिबान मिडिया र उसका लडाकुलाई पनि देखाइएको छ।

    सम्बन्धित समाचार...