१६ चैत्र २०८०, शुक्रबार

पूर्वसभामुख नेम्वाङ भन्छन्: संसद गतिरोधको कारक सभामुख सापकोटा हुन्

rs ktm4pm
फाइल फोटो

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद गतिरोधको अनिश्चितता सभामुखबाटै भएको बताएका छन् ।

संसद बैठककपछि आइतबार पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘सभामुख हाम्रो नेता हो । तपाइँले नियमावली पल्टाएर हेर्नुहोस्, सम्पूर्ण कुरा सभामुखको हातमा छ । तर, उहाँले निष्पक्ष भुमिका खेल्नुभएन । उहाँले हाम्रो हकमा सूचना टाँस्न आनाकानी गर्नुभयो’ नेता नेम्वाङले भने ।

संसदमा हाल देखिएको समस्याको हल निकाल्न सभामुख गम्भीर नभएको नेम्वाङको आरोप थियो । उनले भने, ‘जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रलगायत नेताहरुको हकमा सूचना दिनासाथ कारबाहीको सूचना आयो । तर हाम्रो हकमा उहाँले सूचना टाँस्नु नै भएन ।’

नेकपा एमालेका सांसदहरुले सभामुख सापकोटाले पार्टी फुटाउन सहयोगी भूमिका खेलेको भन्दै संसद बैठकमा निरन्तर नारावाजी सहित अवरोध गर्दैआएका छन् ।