१३ बैशाख २०८१, बिहीबार

कञ्चनपुरमा राति १२ बजेदेखि अनिश्चितकालीन ‘कर्फ्यू’

kanchanpur

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको छ। कोरोनाभाइरस संक्रमण भित्रन नदिन प्रशासनले आइतबार राति १२ बजेदेखि (कर्फ्यू) लगाउने निर्णय प्रशासनले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले कर्फ्यू शब्द प्रयोग नगरी कर्फ्यूजस्तै व्यवहार अपनाउन लागिएको जानकारी दिए।

मानिसको आवतजावत बन्द गर्न खोजिएको हो। सीमानाकामा पनि बन्द रहन्छन्। तर नाका सिल गर्ने र कर्फ्यू नै भन्ने शब्द चाँहि प्रयोग गरिएको छैन, उनले भने, व्यवहारमा चाँहि कर्फ्यू जस्तै हुन्छ। यो जिल्लाभर लागू हुन्छ।

जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो। बैठकले भारतसँगका नाका पनि मंगलबारबाट बन्द गर्ने निर्णय गरेको छ।

kanchan