११ बैशाख २०८१, मंगलवार

तेह्रथुम पावर कम्पनी आईपीओ भर्ने बाइस लाख ८१ हजारको हात खाली

ipo

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) सेयर बाँडफाँट भएको हो ।

कम्पनीले माग गरेको आवेदनमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

कम्पनीले ९ देखि १३ भदौसम्म आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता शेयर निष्कासन गरेको थियो । हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ निष्कासन पश्चात चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।