६ बैशाख २०८१, बिहीबार

ढुक्क हुनुहोस् एमसीसी पास हुँदैनः प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् ।

मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पास नहुने घोषणा गरेका हुन् ।

अमेरिकालाई कुटनीतिक नोट पठाएको र त्यसको जवाफ नआएकाले एमसीसी पास नहुने बताएका हुन् ।

त्यस्तै प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।