१४ बैशाख २०८१, शुक्रबार

छड्के ओलीको: पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे ?

KP OLI Pokhara

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाप्त पार्ने अभियानमा लागिरहेकाले देशलाई पनि बर्बाद पार्न खोज्नेको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । विपक्षीहरूले एमालेलाई एक्लै हेर्न समेत नसक्ने बताए ।

उनले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसोले लड्न सपना देखेको भन्दै त्यो सपना पुरा नहुने दाबी समेत गरे । ‘
यस्तै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्मा भन्दै देउसी खेलेको पनि बताए । ‘पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे ?’

नेकपा एमालेका नेता कार्यकर्ता खान मात्रै होइन देश बनाउने सोचमा भएको भन्दै उनले लामो समयदेखि पार्टीभित्र आत्मकेन्द्रीत र स्वार्थकेन्द्रीत व्यक्तिहरु रहेकाले नातागोता र परिवारबाट आक्रान्त भएको अवस्थामा माधव नेपाल बाहिरिएको बताए ।

पार्टीभित्रै विभिन्न प्रकारका स्वार्थी र पदलोलुप, महत्त्वाकाङ्क्षी प्रवृत्ति हाबी भएको आरोप समेत लगाएका छन् । अहिले जनता जागेको देखेर आफू उत्साहित भएको बताए ।