८ बैशाख २०८१, शनिबार

व्यापारीको मूल्य बढाउने रणनीतिमा रासिटामोल औषधिको अभाव बजारमा

ausadi
सांकेतिक तस्विर

ज्वरोका विरामीका साथै दुखाइ कम गर्न प्रयोग गरिने औषधि पारा सिटामोल अभाव हुन थालेको छ ।

कच्चा पदार्थको भाउ बढेको भन्दै औषधि उत्पादकहरुले मूल्य झण्डै दोब्बर बनाउन माग गरेका छन् । तर सरकारले कोरोना महामारीको समयमा मूल्य बढाउन नसक्ने बताएपछि थुप्रै कम्पनीले उत्पादन रोक्दा बजारमा सिटामोलको अभाव हुन थालेको हो ।

बजारमा पनि माग बढेकाले पारासिटामोलको अभाव हुन थालेको औषधि व्यवस्था विभागले स्वीकार गरेको छ । तर चरम अभावकै अवस्था भने नभएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले उत्पादन र वितरणमा सन्तुलन नमिलेका कारण केहि असहज अवस्था आएको उहाँले बताउनुभयो ।

सरकारले २०६४ सालमा पारासिटामोल अधिकतम मूल्य प्रतिगोटा १ रुपैयाँ निर्धारण गरेको थियो । त्यसयता मूल्य समायोजन भएको छैन ।

कच्चा पदार्थको मुल्य बढेकाले उक्त मूल्यमा बेच्न नसक्ने र मूल्य बढाउन भन्दै उत्पादन रोक्दा पारासिटामोलको अभाव हुन थालेको हो । तर अनुकूल समयमा यो विषयमा अध्ययन गर्ने विभागले बताएको छ ।