१६ चैत्र २०८०, शुक्रबार

काेराेना महामारी राेक्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयाेग आवश्यक : प्रधानमन्त्री देउवा

who meeting1630922653

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि काठमाडाैमा शुरु भएको ७४औँ बैठकलाई सम्बाेधन गर्दै उक्त कुरा बताउनुभएकाे हाे ।

सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै उहाँले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताउनुभयो । उहाँले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको र पहुँच नपुगेकाहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालतर्फबाट स्वास्थ्यमन्त्रीको हैसियतमा अध्यक्षतामा ग्रहण गर्नुभएको छ ।