७ बैशाख २०८१, शुक्रबार

कार्यकर्तासँग ओलीको दुखेसो–के गर्नु तपाईहरुको नसिबै यस्तै रहेछ ?

kp oli

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको बिरुद्ध भइरहेको आपराधिक कृयाकलापविरुद्ध बोल्न नसकेको भन्दै सत्ता गठबन्धनको आलोचना गर्नुभएको छ ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा सोमवार आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले
नेपालको माया गर्ने, नेपालीको समृद्धिका लागि बोल्ने युवालाई धरपकड गरेकोमा सरकारको आलोचना गर्नुभएको हो । सत्तासीन गठबन्धनमा पाँच वटा पार्टी भए पनि कुनैले आपराधिक कृयाकलापका बिरुद्धमा बोल्न नसकेको उहाँको भनाइ थियो ।

महाकालीमा तुईन काटेर नेपालीको हत्या भए पनि सरकार मुक दर्शक बनेको उहाँको आरोप थियो ।

आफू नेतृत्वको सरकारले सबै पालिकालाई जोडने २१० वटा सडकको एकैचोटी शिलान्यास गरेकोमा अहिलेको सरकारले बजेट रोकिदिएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । सडक बन्यो भने एमाले जस लिन्छ भन्ने आशंकामा बजेट रोकिदिएको उहाँको भनाइ थियो । । के गर्नु, तपाईहरुको नसिबै यस्तै रहेछ’ ओलीले भन्नुभयो ।