१२ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणबाट थप २० जनाको निधन, १८९७ संक्रमित थपिए

corona insurance

नेपालमा पछिल्लो पटक थप एक हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २० जनाको निधन भएको छ ।

११ हजार ६ सय ९ पीसीआर परीक्षणमा एक हजार ४ सय ८८ जनामा र चार हजार तीन सय ७० एन्टिजेन परीक्षणमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ४ सय १८, ललितपुरमा ८७, भक्तपुरमा एक सय एक जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यका बाहिर सबैभन्दा धेरै चितवनमा १ सय ५६, झापामा १ सय २५ र कास्कीमा एक सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक थप २० जनाको निधन भएपछि संक्रमणबाट निधन हुनेको संख्या १० हजार ८ सय ५८ पुगेको छ ।

पछिल्लो पटक १ हजार ७ सय जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या सात लाख २८ हजार ९ सय २८ पुगेको छ ।

देशभर ३० हजार ९ सय ७३ सक्रिय संक्रमित छन । पाँच सय १२ जनाको आईसीयू र एक सय ६३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । पछिल्लो पटक एक लाख सात हजार दुई सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।