६ बैशाख २०८१, बिहीबार

चर्चित पूर्वफुटबलर रोनाल्डिन्होको ४० औं जन्मदिन जेलमै

ronaldinho

ब्राजिलियन विश्व कप विजेता रोनाल्डिन्होको जन्म दिन मार्च २१ मा पर्दछ । तर, यसपटकको उनले जेल भित्र जन्म दिन मनाए । उनी ४० औं वर्षमा प्रवेश गर्दैछन् ।

जाली पासपोर्टका कारण उनी केहि साता अघि पाराग्वेमा पक्राउ परेका थिए । जति बेला उनले ३० औं जन्म दिन मनाएका थिए । त्यो बखत उनी एसी मिलानबाट उच्च स्तरको फुटबल खेलिरहेका थिए । बार्सिलोनामा ५ वर्ष बिताएर उनी मिलान पुगेका थिए । बार्सिलोनामा उनले २ वटा लिग उपाधि , २ वटा सुपर कोपा, एउटा च्याम्पियन्स लिग जितेका थिए ।

उनले बार्सिलोनमा रहँदा बालोन डी ओर उपाधि पनि जितेका थिए । मेस्सीले बार्सिलोनामा आफ्नो प्रभाव जमाउनुअघि रोनाल्डिन्होले क्याम्प नोउमा अमिट छाप छाडेका थिए । उनले खेल जीवनको अत्य भने स्वदेश फर्केर गरेका थिए । यसबीचमा उनको जीवनमा निकै उतारचढाव आएको थियो ।

कर छली र ऋण तिर्न नसक्दा सरकारले उनको पासपोर्ट जफत गरेको थियो । खेल जिवन जारी रहँदै अत्याधिक मोजमस्ती गर्ने रोनाल्डिन्हो खेल जिवन सकिएपछि पनि सोहि जिवनशैलीमा टिक्न सकेनन् । उनले अझै केहि समय जेलमा बस्नुपर्ने हुन्छ । एजेन्सी