११ बैशाख २०८१, मंगलवार

चिकित्सा शिक्षा नियमावलीमा आवश्यकीय परिमार्जन गर्नुपर्नेमा सांसदहरूको जोड

RS KTM 20210905 D3A5172 1024x682 1

चिकित्सा शिक्षा नियमावलीमा आवश्यक परिमार्जन गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपालको संविधान र चिकित्सा शिक्षा ऐनको मर्म अनुरूप राष्ट्रिय चिकित्सा शिक्षा नियमावली ,२०७७ को परिमार्जन गर्न सुझाव दिनुभयो ।

सासंदहरुले वर्तमान नियमावलीमा रहेका कमीकमजोरी सुधार गर्दै पिछडिएको वर्ग, महिला अल्प सङ्ख्यक समुदायका विद्यार्थीको हकमा छुट्टै मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्री कृष्ण गिरीले विगतमा रहेका कमीकमजोरी सुधार भइसकेकाले योग्यता क्रम अनुसार नै विद्यार्थीहरूले छात्रवृत्ति र अध्ययनको अवसर पाइरहेको बताउनुभयो ।

    सम्बन्धित समाचार...