८ बैशाख २०८१, शनिबार

प्रधानन्यायाधीश जबराको इजलासमा कुलमान नियुक्तिविरुद्धको मुद्दा

kulman hitendra 1

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजीको माग गर्दै परेको सो रिट प्रधानन्यायाधीश जबराले सुनवाइका लागि आफ्नै इजलास पेशी तोक्नु भएको हो ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री, नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइ दायर गरिएको सो रिटमा शाक्यले आफूलाई गैर कानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाईएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत् राख्नुपर्ने माग गर्नुभएको छ ।