
पञ्जशीर र तालिबान लडाकुबीच लडाइँ जारी रहेको छ ।
तालिबानले न्युज एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै सो क्षेत्रमा पनि कब्जा जमाइसकेको दाबी गरेको छ । तर, उनीहरूको सामना गरिरहेका पञ्जशीरका मानिसहरूले भने सो कुरा अस्वीकार गरेका छन् । पञ्जशीर उपत्यकाको भविष्य अझै पनि अन्योलमा रहेको देखिन्छ ।
पञ्जशीरमा तालिबानको विरोध गरिरहेको एनआरएफमा हालै सामेल भएका देशका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले सो दाबीलाई अस्वीकार गरेका छ ।
सालेहले स्थिति नाजुक रहेको भने स्वीकार गरेका छन् । पञ्जशीरमा भएको भिडन्तमा सयौँले ज्यान गुमाइसकेको बताइएको छ ।
हाल तालिबानको कब्जामा नरहेको यो एक मात्र प्रान्त रहेको छ । सन् १९९६ देखि २००१ मा तालिबानको शासनको दौरान पनि यो क्षेत्र उनीहरूको नियन्त्रणमा कहिले पनि रहेन । पञ्जशीर घाटीमा नर्दन एलायन्सले तालिबानलाई कडा चुनौती दिएको थियो ।
पञ्जशीरको जनसङ्ख्या १.५ देखि २ लाख रहेको भने यसको मध्य भागमा पञ्जशीर नदी बग्दछ । यो क्षेत्र चारैतिरबाट ९ हजार ८ सय फिट अग्ला पहाडहरूले घेरिएको छ ।
बीबीसीलाई पठाएको भिडियो सन्देशमा अफगानिस्तानका पूर्व उपराष्ट्रपतिले पछिल्लो लडाइँमा दुवै पक्षमा हताहती भएको उल्लेख गरेका छन् ।
स्थिति कठिन भए पनि आफूहरूले आत्मसमर्पण नगर्ने उनको भनाइ छ ।