१५ बैशाख २०८१, शनिबार

बैठक सकिएलगत्तै माधव नेपाललाई लिएर प्रचण्ड पुगे बालुवाटार

prachanda madav
फाइल फोटो

नेकपा माओवादी स्थायी समिति बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

पार्टी कार्यालय कोटेश्वरबाट प्रचण्ड सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रचण्ड सँगसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्री निवास पुगेका छन् ।

मन्त्रालयको भागवण्डाका साथै मन्त्री परिषद विस्तारबारे तनि नेताबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसक्दा सर्वत्र आलोचना भइरहेको छ ।