१६ चैत्र २०८०, शुक्रबार

अवैध आप्रवासीलाई प्रतिबन्ध लगाउँदै अमेरिका

Donald Trump

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कागजात विनाका आप्रवासीहरुलाई प्रवेश गर्न नदिने बताएका छन् ।

ट्रम्पले उत्तरी वा दक्षिणी दुबै सीमाबाट प्रवेश गर्नेहरुलाई प्रतिबन्ध लगाएका हुन् । कोरोना भाइरसको संक्रमण बढ्नसक्ने खतरा रोक्न ट्रम्पले यस्तो निर्णय गरेको बताइएको छ । शुक्रबार ट्रम्पले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । यसवाहेक मेक्सिकोसँगको सीमा क्षेत्रबाट पनि अनावस्यक यात्रा गर्न रोक्ने बताए ।

तर आप्रवासी अधिकार समूहले ट्रम्पको यस्तो निर्णयको विरोध गरेका छन् । अवैध बाटो भएर अमेरिका छिरेका आप्रवासीहरुलाई फिर्ता हुनुपर्ने पनि बताइएको छ । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्दले भने अमेरिकालाई मेक्सिकन नागरिकलाई फिर्ता गरिदिन स्वीकृति दिने बताएका छन् । क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि कागजात विना अमेरिका छिरेका क्यानेडियनहरुलाई आफ्ना अधिकारीको सम्पर्कमा जान आग्रह गरेका छन् । एजेन्सी