८ बैशाख २०८१, शनिबार

मनसुनी वायुको प्रभावले नेपालमा अझै केहिदिन बर्षाको सम्भावना

rain

मनसुनी वायुको प्रभावले नेपालमा केही दिन अझै पानी पर्न सक्ने जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भु भागभन्दा केही तल रहेको महाशाखाले जनाएको छ ।

त्यसको प्रभाव देशैभरि परेको छ। शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १ गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो क्रम अझै केहि दिन जारी रहने महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पर्ने क्रम केही दिन जारी रहनेछ।