१३ बैशाख २०८१, बिहीबार

अष्ट्रेलियामा एक वर्षमा २२ पुरुषले जन्माए बच्चा

qNx4Q7rLKaSWnOeVIuYE

महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा भएन । तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए ।

अष्ट्रेलियामा गत वर्ष २२ जना पुरुषले गर्भधारण गरेर बच्चा जन्माएका छन् । जन्म दिने सबै २२ जना पुरुष तेस्रो लिंगी हुन् । अब यी २२ जनाको नाम पनि त्यो सूचीमा समावेश गरिएको छ जसले १० वर्ष यता बच्चालाई जन्म दिएका छन् ।

boys pregnant

१० वर्षयता २२८ जनाले बच्चाहरु जन्माएका छन् । अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घटना सार्वज्निक भएको थियो ।

सन् २००९ भन्दा पहिले अष्ट्रेलिया वा विश्वका कुनै पनि कुनामा पुरुषले बच्चा जन्माएको विषयमा कुनै तथ्याङ्क राखिएको थिएन ।

त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरु अष्ट्रेलियामा विरोधमा समेत उत्रिएका थिए । जसका कारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो ।

तर अहिले समय बदलिएको छ । मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन् । उनका अनुसार अब लैंगिकताको विषयमा समाजले आफ्नो सोच बदल्ने बेला आएको छ । उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहलाई बच्चा जन्माउनमा कुनै समस्या छैन । एजेन्सी