१४ बैशाख २०८१, शुक्रबार

मीनभवनमा नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय रहने निश्चित

Nekapa Ekikrit Samajbadi es

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय मीनभवनमा रहने भएको छ ।

नेता जीवनराम श्रेष्ठले भीएस निकेतन स्कुल नजिकैको घरमा पार्टी कार्यालय रहने निश्चित भएको जानकारी दिए ।

अहिले उक्त घरमा रङ्गरोगनको कार्य भइरहेको उनको भनाई छ । उनले असोज १ गते पार्टी कार्यालय स्थापना गरिने जानकारी दिए ।

‘भीएस निकेतन नजिकैको घरमा कार्यालय राख्ने पक्का भएको छ । अहिले रङ्गरोगनको कार्य भइरहेको छ ।’ उनले भने । असोज १ गतेबाट हामीलाई हस्तान्तरण गर्ने कुरा भएको ।’