७ बैशाख २०८१, शुक्रबार

नेपालले समयमै कोरोनाविरुद्धको खोप लगाउन सफल भएकोमा डब्लुएचओले दियो बदाई

2138.jpg
फाइल फोटो

नेपालले समयमै कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा डब्लुएचओले नेपाललाई बधाई दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले नेपालले समयमै कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएकी छन् । निर्देशक खेत्रपालले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाई दिएकी हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ लाख १ हजार ७०० जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ५४ लाख २५ हजार ८८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७९६ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।