१३ बैशाख २०८१, बिहीबार

पाचन समस्या कोरोनाभाइरसको पहिलो लक्षण हुन सक्छ

stomach ache

एउटा नयाँ अध्ययन अनुसार डाईरियाजस्ता पाचन समस्याहरू धेरै बिरामीहरूको लागि कोरोनाभाइरसको पहिलो संकेत हुन सक्छ ।

अमेरिकी जर्नल अफ ग्यास्ट्रोएन्टोलोजीमा बुधवार प्रकाशित एउटा अध्ययनले देखाए अनुसार मध्य चिनियाँ प्रान्त हुबेईको अस्पतालमा भर्ना भएका लगभग आधा भाइरसका बिरामीहरूले पाचन सम्बन्धी गुनासो गरेका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार २०४ बिरामिहरु मध्य लगभाग आधा (४८.५%)ले मुख्य समस्या “पाचन सम्बन्धी समस्याहरु जस्तै डायरिया, बान्ता र पेट दुखाइ पाए।

अन्वेषकहरूका अनुसार यीमध्ये केहि केसहरू (७ प्रतिशत्) बिरामिहरुले श्वासप्रश्वासको समस्या पनि रिपोर्ट गरेनन जुन संक्रामक जिवाणुसँग सम्बन्धित सबैभन्दा सामान्य लक्षणहरू मध्ये एक हो।रिपोर्टमा भनिएको छ कि उक्त बिरामीहरु पाचन समस्या नभएका भन्दा औसत दुई दिन बढी उपचार लिएर बसिरहेका थिए ।

अन्वेषकहरू भन्छन “नयाँ खोजहरूले भाइरस पत्ता लगाउनका लागि डाक्टरलाई महत्वपूर्ण सहयोग गर्छन्” ।संक्रमणको बारे अगाडी नै थाहा पाँउदा चिकित्सकहरूले ति बिरामीहरूलाई क्वारन्टाइनमा छिटो सार्न सक्छन र महामारीको फैलावटलाई ढिला बनाउन पनि मद्दत गर्छन्।

अन्वेषकहरूको निष्कर्ष अनुसार “डाक्टरहरूले पाचन समस्याहरू जस्तै डाईरिया, कोविड्-१ को लक्षण का रुपमा लिन सक्छन्” । उनिहरु भन्छन डाक्टरहरूले बिरामीमा श्वासप्रश्वासको लक्षणहरू देखा पर्न कुर्नु हुँदैन।

यस अध्ययनले देखाएको छ कि वुहानमा डिसेम्बरको प्रकोप पछि विश्वभर दुई लाख १८,००० भन्दा बढी व्यक्तिमा भाइरस छिटो फैलिएको छ।

स्रोत्: न्यु योर्क पोस्ट