८ बैशाख २०८१, शनिबार

नायिका वर्षा सिवाकोटीले किनिन् साढे २ करोडमा अपार्टमेन्ट

240892004 1487839228244326 2971822838388843575 n

नायिका वर्षा सिवाकोटीले महँगो रकममा अपार्टमेन्ट खरिद गरेकी छिन् । हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट उनले खरिद गरेकी हुन् ।

अपार्टमेन्टको मूल्य साढे २ करोड परेको छ । उनका अनुशार कलाकारीता क्षेत्रमा आबद्ध भएर पनि कडा मेहनत गर्न सके सबै कुरा गर्न सम्भव हुन्छ । आफूले कमाएको पैसाले उनले अपार्टमेन्ट किनेकी हुन् । पछिल्लो समय कलाकारहरू गाडी र घर किन्ने देखिन्छन् वर्षा भन्छिन् यही क्षेत्रबाट हामीले किन्न सक्छौ भन्ने उदाहरण हो ।

‘परदेशी २, मनदेखि मनसम्म, ए साथी सुन’ कारखाना ,सब्वा साव् लगायतका चलचित्रमा वर्षाले अभिनय गरिसकेकी छन् । पछिल्लो समय वर्षा म्युजिक भिडियोमा पनि व्यस्त छिन् ।