१६ चैत्र २०८०, शुक्रबार

कुबाटोबाट सभामुखले राजनीतिलाई हिँडाउन खोजे– अध्यक्ष ओली

kp oli agni sapkota new
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीतिलाई ‘कुबाटो’बाट हिँडाउन खोजिएको आरोप लगाएका छन् ।

नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा ओलले स्वार्थहरुका पोका एक ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका हुन् ।

उनले भने, “राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । कान्लाकान्ला, भिरभिर कुद्छन् । निर्वाचन आयोग संविधान, कानुनको राजमार्ग छोडेर भित्तातिर ठोकिन जान्छ । सम्मानित अदालतको कुरै नगारौँ । त्यहाँ बसेपछि जे गर्दा नि भयो । अहिले त्यही भइराखेको छ ।”

ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गरे । ओलीले अहिलेका सभामुख राजमार्गबाट हिँड्न नमानेको जिकिर गर्दै निर्वाचन आयोगले पनि सडक छाड्न खोजेको बताए ।

गठबन्धनको गठजोड अब चुनावमा गएपछि देखिने बताए ।