१३ बैशाख २०८१, बिहीबार

नैतिकताको आधारमा मुख्यमन्त्री शाक्यले राजीनामा दिनुपर्छ : नेपाली कांग्रेस

Astha Laxmi Shakya
फाइल फोटो

नेपाली कांग्रेसले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा मागेको छ । मुख्यमन्त्री शाक्यको बहुमत गुमेको भन्दै नेपाली कांग्रेसले उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले भन्नुभयो, ‘मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिएपनि बहुमत प्राप्त गर्ने सम्भावना छैन । नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ।’

सत्तारुढ दल नेकपा एमालेका १२ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । १२ सांसद एकीकृत समाजवादीमा गएसँगै मुख्यमन्त्री शाक्यको बहुमत गुमेको कांग्रेसको भनाइ छ ।

बहुमत गुमेपछि शाक्यले एक महिना भित्रमा विश्वासको मत लिनुपर्दछ । बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ । शाक्यको पक्षमा ४४ एमाले सांसद छन् ।