१२ बैशाख २०८१, बुधबार

सय दिन नपुग्दै अष्टलक्ष्मी शाक्य अल्पमतमा, १२ जना एमाले सांसदले रोजे एकीकृत समाजवादी

astalaxmi rajendra
फाइल फोटो

वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले भदौ २२ गते बेलुकी ५ बजेसम्मको समय दिएको थियो ।

त्यो समय अघि नै बागमति प्रदेशका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । १ सय ९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए ।

एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो ।

१२ जना सांसदले नेकपा एमाले त्यागेपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनबिच बागमतिको मुख्यमन्त्री एकीकृत समाजवादीले र प्रदेश १ को मुख्यमन्त्री कांग्रेसले लिने गरी छलफल भइरहेको छ ।