७ बैशाख २०८१, शुक्रबार

युवराज ज्ञवालीको माधव नेपाललाई चेतावनी : एमालेको मत खोसेर जित्छौँ भन्ने नसोच्नुस्

5F71FC03 2609 450B BACB C982F947C0A2
फाइल फोटो

नेकपा (एमाले) का उपाध्यक्ष एवम् कर्णाली प्रदेश इञ्चार्ज युवराज ज्ञवालीले माधवकुमार नेपाले नयाँ दल दर्ता गरेर गल्ती गरेको बताएका छन् ।

मंगलबार सुर्खेतमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई चेतावनी दिए । उनले भने,“अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।” ज्ञवालीले माधव नेपाललाई चेतावनी दिँदै अघि थपे,“आफूले आफूलाई सिध्याउने दिशामा लाग्नुभएको छ । एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नुस्”

पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गरे पनि माधव नेपाल कुनै पनि हालतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएर बस्न नसक्ने निर्णयमा पुगेपछि आफूहरुले नेपालको साथ छाडेर १० बुँदे सहमति कार्यान्वयनमा लागेको बताए ।

विगतमा नेपाल निकट मानिएका नेता ज्ञवालीले आफूहरुले एक महिनासम्म पार्टी फुटाउनुहुन्न अन्तर संघर्ष गरौँ भनेर सम्झाउँदा पनि नमानेपछि साथ छोड्नु परेको बताए ।

पार्टी अध्यक्ष ओलीले जारी गरेको अन्तर पार्टी निर्देशनअनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न नेता ज्ञवाली कर्णाली प्रदेशमा छन् ।