१३ बैशाख २०८१, बिहीबार

कोरोना भाइरसको खतरनाक नयाँ भेरियन्ट भेटियो, खोपले समेत असर नगर्ने

coronachina

कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि फेला परेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाए अनुसार कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको हो ।

यो भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको बताइएको छ । अहिले यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा समेत फैलिएको पाइएको छ । यो भेरियन्ट थप सङ्क्रामक र खोपले समेत कुनै असर नगर्ने बताइएको हो ।

दक्षिण अफ्रिकाको वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो । १३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको पाइएको थियो ।

वैज्ञानिकहरुले भाइरसको यो भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट हुनसक्ने बताएका छन् । डब्लूएचओका अनुसार भाइरसको ट्रान्समिसन, गम्भीर लक्षण, इम्युनिटीलाई झुक्याउन सक्ने र डायग्नोसिसबाट बच्ने क्षमता देखाउने भाइरसको भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट श्रेणीमा राखिन्छ ।