
फाइल फोटो
कपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताउनुभएको छ ।
पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा उहाँले आज पनि गठबन्धनको बैठक बसेको र भोलि आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी एक नम्बरको नहुँदासम्म देशमा स्थायित्व र विकास समेत नहुने दाबी गर्नुभयो ।
तराई मधेसमा माओवादी आन्दोलनका कारण जागरण पैदा भएको तथ्य अध्यक्ष प्रचण्डले पेस गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गर्नेलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभयो ।