१५ चैत्र २०८०, बिहीबार

राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने एमाले नेता बस्नेतको माग

mahesh basnet 1024x573 1
फाइल फोटो

नेकपा एमालेका सांसद महेश बस्नेतले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

आज रफत सञ्चार क्लब भक्तपुरमा आयोजित कार्यक्रममा बस्नेतले राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर तीनै तहको निर्वाचन एकै पटक सम्पन्न गर्न प्रस्ताव गर्नु भएको हो ।

एमालेले निलम्बनका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले कारबाही नगरेको भन्दै बस्नेतले आक्रोश व्यक्त गर्नुभयो ।

साथै उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक च्याँखे दाउ थापेको भन्दै आगामी निर्वाचनका लागि पनि अर्को दाउ थाप्न लागेको टिप्पणी गर्नुभयो ।