११ बैशाख २०८१, मंगलवार

निर्धारित समयमै हुन्छ कांग्रेस महाधिवेशन: डा महत

prakash saran mahat
फाइल फोटो

नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताउनुभएको छ ।

सक्रिय सदस्यतासम्बन्धी विवादका कारण काँग्रेसको महाधिवेशन हुनेमा आशङ्का गरिएको भए पनि अब त्यो आशङ्काको अन्त्य भइसकेको उहाँको भनाइ थियो ।

काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा डा महतले पार्टीको महाधिवेशनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले शुक्रवार शीर्ष नेताबिच भएको छलफलले काँग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने सुनिश्चित गरिसकेको जानकारी दिनुभयो ।