
नेपालमा थप एक हजार आठ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार चार सय नौ पीसीआर परीक्षणमा एक हजार पाँच सय १६ जना र तीन हजार सात सय ६७ एन्टिजेन परीक्षणमा तीन सय ४१ जना गरी एक हजार आठ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका दुई हजार दुई सय २२ बिरामी निको भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २७ जनाको निधन भएको छ ।