१३ बैशाख २०८१, बिहीबार

आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिन्छौँ : ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको आरोप लगाउनुभएको छ । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आउँदो चुनावमा सबै षड्यन्त्रको हिसाब लिने चेतावनी दिनुभयो ।

अब आउने चुनावमा एमालेबाहेक कसैलाई कुनै पनि ठाउँमा जित्न नदिने ओलीको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो, ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं ।’

ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’