८ बैशाख २०८१, शनिबार

प्रमुख सचेतक विक एमाले छाडेर एकिकृत समाजवादीमा

Durga Kumari BK

नेकपा (एमाले) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विकले एमाले छाड्नु भएको छ । विकले एमाले छाडेर आफू माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेको बताउनु भएको हो ।

यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहनु भएकी उहाँ समाजवादीमा खुलेर लाग्नु भएको हो । विकले आफूले विगतमा एमाले हुँदा पनि माधव नेपाल समूहकै नीति, सिद्धान्तलाई आत्मसात् गरेको बताउनु भएको छ । सुदूरपश्चिमबाट हामी सबैले एक ठाउँ उभिएर विगतमा पनि हामीले समानान्तर कमिटी नै बनाएर अगाडि बढिसकेको अवस्थामा प्रतिगमनकारीसँग अब समन्वय र सहकार्य नहुने उहाँको भनाइ छ ।

विक एमाले उपाध्यक्ष रहनु भएका भीम रावलको गृह जिल्ला अछामको समानुपातिक सांसद हुनु हो । एमाले जिल्ला कमिटी सदस्यसमेत रहनु भएकी उहाँ विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिंदै आउनु भएको थियो ।