१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमणबाट थप २५ जनाको निधन, २०६५ संक्रमित थपिँदा, २३३७ संक्रमणमुक्त

corona insurance

कोरोना संक्रमणबाट थप २७ जनाको निधन भएको छ । योसहित कुल मृतकको संख्या १० हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक थप २ हजार ६५ संक्रमित थपिएका छन् । १३ हजार १ सय १७ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा ७ सय १५ संक्रमित थपिए । काठमाडौंमा ४ सय ५४, ललितपुरमा १ सय ६९ र भक्तपुरमा ९२ जना संक्रिमत थपिए । उपत्यका बाहिर कास्कीमा १ सय ८१ र मोरङमा १ सय १२ जनामा संक्रमण देखिएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरका विभिन्न अस्पतालमा ६ सय २२ जनाको आइसीयू र १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो पटक २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख ७९ हजार ८ सय ६५ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हालसम्म ५० लाख ६३ हजार ५ सय २२ जनाले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् भने ४० लाख ५२ हजार ७ सय ६५ जनाले पूर्ण खोप लगाइसकेका छन् ।