१५ चैत्र २०८०, बिहीबार

आज भारीदेखि अति भारी वर्षाको सम्भावना

rain

आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

मनसुनी वायु सक्रिय हुँदै गएकाले आज दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षा हुँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यस्तै राति प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा निकै भारी वर्षा हुँदा प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

अरु धेरै ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ठूलो पानी पर्ने क्रम शनिबारसम्म नै चल्ने भएकाले बाढी पहिरोको जोखिम बढ्नेछ ।