१६ चैत्र २०८०, शुक्रबार

अफगानी कामकाजी महिला घरैमा बस्नुपर्ने तालिबानी प्रवक्ताकाे भनाइ

taliban 1
फाइल फोटो

अफगानिस्तानका कामकाजी महिलाहरु तत्कालका लागि घरमै बस्नु पर्ने तालिबानले बताएको छ । सुरक्षाको उपयुक्त प्रणाली स्थापित नभएसम्म कामकाजी अफगान महिलाहरु घरमै बस्नु पर्ने तालिबानका प्रवक्ताले बताएका हुन् ।

सन् १९९६ देखि २००१ सम्म तालिबान सत्तामा रहँदा उनीहरुले शरिया कानूनको निकै कडा कार्यान्वयन गरेका थिए । तालिबान समूहले अगस्ट १५ मा फेरि अफगानिस्तान नियन्त्रणमा लिएको छ । योसँगै पछिल्लो २० वर्षमा महिला अधिकारका क्षेत्रमा प्राप्त उपलब्धीहरु गुम्ने जोखिम रहेको छ ।

संयुक्त राष्ट्रसंघले तालिबानले शक्तिको दुरुपयोग गरेको र विशेष गरि महिलाहरुमाथि प्रतिबन्ध लगाएको विश्वसनीय खबर पाएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

तालिबान प्रवक्ता मुजाहिदले मंगलबार काबुलमा गरेको पत्रकार सम्मेलनमा अमेरिकाको नेतृत्वमा भइरहेको उद्धार वा फिर्ती प्रयासबारे पनि कुरा गरेका छन् । उनले अफगानीहरुलाई विमानस्थल नजान भनेका छन् ।

विमानस्थल आसपासको क्षेत्र अस्तव्यस्त रहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।