१४ बैशाख २०८१, शुक्रबार

देशभरबाट २ हजार ४ सय ८२ जना कोरोना संक्रमित थपिए

corona 05 09

आज देशभर १५ हजार २ सय ९० जनाको कोरोना भाइरस नमुना परिक्षण गर्दा २ हजार ४ सय ८२ जना संक्रमित थपिएका छन् ।

९ हजार ७ सय ११ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ८ सय ६२ जना तथा ५ हजार ५ सय ७९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ६ सय २० जना गरी जम्मा २ हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी काठमाडौँ उपत्यकामा ७ सय ४५ जना संक्रमित थपिएका छन् । जसमा भक्तपुरमा १ सय ४२, ललितपुरमा ८८ र काठमाडौँमा ५ सय १५ गरी जम्मा ७ सय ४५ जना गत २४ घण्टामा संक्रमित थपिएका हुन ।

अघिल्लो हप्ता २२ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेकामा आज २० वटा जिल्लामा झरेको प्रवक्ता डा.पौडेलले जानकारी दिनुभयो ।

देशभरबाट गएको २४ घण्टामा १ हजार ७ सय ८१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

आज कोरोना सङ्क्रमणबाट ४४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय १२ जना पुगेको छ ।

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३८ हजार २ सय ८७ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

जसमा ६ सय १० जनाले आइसियु र १ सय ६१ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।