११ बैशाख २०८१, मंगलवार

मध्यराति संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश गरियो : केपी ओली

kp oli press meet

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्न मध्यराति संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन् ।

पार्टी विभाजनपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर ओलीले आफ्नो पार्टी एमाले विभाजन गर्ने गरी अचानक मध्यरातिबाट संसद्को अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाए ।

तर, उक्त अध्यादेशले आफ्नै पार्टीमा पहिरो जाने त्रासमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु रहेका र फेरि उनीहरुले सो अध्यादेशलाई सच्याउने ओलीको भनाइ छ ।

अनुचित ढंग र कार्यबाट प्रतिपक्षी दल एमाले फुटाउने कार्यमा सरकार लागेको उनको आरोप छ ।

अध्यादेश जारी भएपछि एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । साथै, महन्थ ठाकुरले पनि लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।

दुवै दल दर्ताका लागि आयोगले अहिले धमाधम सनाखत गराइरहेको छ । यदि दुवै दलले केन्द्रीय सदस्य र संसदीय दलमा २०२० प्रतिशत जुटाउन सके भने नयाँ दलको प्रमाणपत्र पाउनेछन् ।