१२ बैशाख २०८१, बुधबार

प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

pradeep nepal election

नेकपा एमालेका नेता प्रदीप नेपाल माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको छ । नेपाल दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल बुधबार बिहान निर्वाचन आयोगमा पुग्नुभएको हो ।

गत भदौ २ मा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए । नेता नेपालले पनि सामाजिक सञ्जालमा आफू माधव नेपालको मान्छे भएको भए पनि ६ वर्षदेखि कुनै पक्षमा नरहेको बताउनुभएको थियो ।