११ बैशाख २०८१, मंगलवार

रातिदेखि देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, बाढी, पहिरो र डुबानको जोखिम हुने

rain

आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भएको छ ।

मनसुनी वायुको प्रभावले आज रातिदेशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षाको सम्भावना छ ।

यस्तै दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी भोलि दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुँदा प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा निकै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आउँदो शनिबारसम्म भारीदेखि अति भारी वर्षाको संभावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।