
फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको छ । तुलसीलाल अमात्य स्मृती भवन च्यासलमा आज विहान ११ बजे ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।
नेकपा एमालेमा लामो रस्साकस्सीपछि असन्तुष्ट नेताहरुले एकताको सन्देश दिएसँगै ओलीले आज पार्टी एकताको सन्देश र देउवा सरकारको डेढ महिने समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्न लाग्नु भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।