१४ बैशाख २०८१, शुक्रबार

कोरोना खोप नलगाएका ४९ जना विद्यार्थीको नाम दर्ता विश्वविद्यालयबाट खारेज

university

एक विश्वविद्यालयले कोरोना भाइरस विरुद्धको खोप नलगाएका ४९ विद्यार्थीको नाम दर्ता खारेज गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया (भर्जिनिया विश्वविद्यालय) ले खोप नलगाउने ४९ जना विधार्थीको नामदर्ता खारेज गरेको हो।

विश्वविद्यालयले विद्यार्थीलाई अनिवार्य रुपमा खोप लगाउन आदेश दिएको थियो । आगामी शरद ऋतुका लागि उनीहरुले नाम दर्ता गराएका थिए । विश्वविद्यालयले दिएको मार्गदर्शनलाई पालना नगरेको देखिएकोले ४९ जनाले दर्ता गराएको नाम हटाइएको विद्यालयले जनाएको छ ।

अधिकारीका अनुसार गत मे महिना देखि खोप अनिवार्य गरेको छ । उक्त विश्वविद्यालयका ९६ प्रतिशत विद्यार्थीले खोप लगाएका छन् ।

    सम्बन्धित समाचार...