६ बैशाख २०८१, बिहीबार

अष्टलक्ष्मीबारे नेपालका कुरा– सल्लाहले नै मुख्यमन्त्री, आफ्नो पार्टी रोजेमात्र सहयोग

madhav nepal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य आफुसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको बताउनुभएको छ ।

चन्द्रागिरिमा पत्रकारसित कुरा गर्दै नेपालले आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि अहिले उहाँ अफ्ठेरोमा रहेको बताउनुभयो ।

शाक्यलाई सहयोग गर्ने नगर्ने अब उहाँले कुन पार्टी रोज्नुहुन्छ भन्नेमा भर पर्ने बताउनुभयो ।