१४ बैशाख २०८१, शुक्रबार

हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

madhav nepal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । चन्द्रागिरी रिसोर्टमा दुई दिनदेखि जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै नेपालले आफूहरुमाथि षड्यन्त्र भइरहेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ । त्यो षड्यन्त्रलाई हामी चिर्छौं । कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउने हाम्रो अभियान जारी रहनेछ ।’

उहाँले आफ्नै चाहना र सुझाव अनुसार अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्न गएको समेत स्पष्ट पार्नुभयो । नेपालले आफूहरूसँग केन्द्रीय कमिटी र संसद दुबैमा २० प्रतिशतभन्दा बढी सदस्य भएको दाबी गर्नुभयो ।