१५ चैत्र २०८०, बिहीबार

मन्त्रिपरिषद्ले केही दिनमै पूर्णता पाउने कांग्रेस सहमहामन्त्री महतको दाबी

prakash saran mahat
फाइल फोटो

सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभएको हो । सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको उहाँको स्पष्टिकरण थियो ।

सहमहामन्त्री महतले नेपाली कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताउनुभयो ।

साथै उहाँले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुनेमा जोड दिनुभयो । महतले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सहमहामन्त्री महतले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि बताउनुभयो । उहाँले कम्युनिष्ट सरकारले नभएको कुरा बोलेको भएर नेपालमा विदेशीको चियो चर्चा धेरै हुन थालेको समेत टिप्पणी गर्नुभयो ।