१२ बैशाख २०८१, बुधबार

नेपाल पक्षका नेताहरु चन्द्रागिरी रिसोर्टमा, जनताको बहुदलीय समाजवादबारे सैद्धान्तिक छलफल हुँदै

612399d669b69 changra giri resort

एकतापक्षधरले मन भाँडिदिने भन्दै घेराबन्दीमा राखियो

सत्तारुढ गठबन्धनमा रहदै आउनुभएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु चन्द्रागिरी रिसोर्टमा पुग्नुभएको छ । नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार निर्वाचन आयोगमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) नयाँ पार्टीको सैद्धान्तिक विषयमा छलफल हुन लागेको हो ।

नेकपा एमाले औपचारिक विभाजनसँगै दल दर्ताको वैधानिक प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा उठ्दै आएको ‘जनताको बहुदलीय समाजवाद’ विषयमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुबीच छलफल हुन लागेको चौधरीले जानकारी दिनुभएको छ ।

सोमबार नै नेकपा एमालेले दश बुँदे सहमतिपत्रलाई कार्यान्वयन गर्न जोड दिइने बताए पनि यी लगायत एमाले एकताको विषय भने अब सम्बन्धित नै नभएको उहाँले बताउनुभएको छ ।

वरिष्ठ नेता नोपाल पक्षीय यो छलफल भोलि या छिट्टै नै टुंगिने पनि उहाँले जानकारी दिनुभयो । नेता नेपाल पक्षले आगामी दिनमा बृहत्तर कम्युनिष्ट एकतालाई पनि अगाडि बढाउने बताउँदै आएको सन्दर्भमा यसखाले सैद्धान्तिक विषयमा छलफल हुन गइरहेको छ ।

निर्वाचन आयोगले नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भदौ ९ गते बुधबार (पर्सी)लाइ सनाखत गर्न बोलाएको छ ।

नेकपा एमालेबाट विभाजन भएपछि नयाँ पार्टी सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएकाले छलफल गर्न आफूनिकट नेताहरू राख्न उनले रिसोर्ट बुक गराएका हुन्।

करिब सय जना अट्ने गरी रिसोर्ट बुक गरिएको एक नेताले बताए। ती नेताले भने, नयाँ पार्टीको विषयमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न यहाँ बस्न लागेका हौँ। माधव नेपाल पनि यहीँ आइसक्नुभएको छ। नेताहरू दायाँबायाँ हुनसक्ने भएकाले निर्वाचन आयोग जानुअघि सोही ठाउँमा बस्ने तय भएको स्रोतको दाबी छ। नेता नेपालले आजै (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए।

पार्टी विभाजनका बेला नेता नेपाल समूह छाडेर मध्यमार्गी बनेका नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेका छन्। विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने गरी उनीहरूले सहमति गरेका हुन्।

अध्यक्ष ओलीले नेपाल समूह पार्टी दर्ता प्रक्रियाबाट फिर्ता भए कारबाही रोकिने प्रतिबद्धता जनाएको नेता योगेश भट्टराईले बताएका छन्। अध्यक्ष ओलीले नेपाल समूह छाडेका नेताहरू उपस्थित हुनेगरी मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन्।