१२ बैशाख २०८१, बुधबार

फर्किए अफगानिस्तानबाट ५०४ नेपाली, कति छन् उद्धारको पर्खाइमा

Capture 1 1

द्वन्द्वग्रस्त अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीलाई गरी स्वदेश फर्काइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुलाई बिभिन्न मित्रराष्ट्रहरूको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो ।

‘अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ,’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत भनेको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागको वेब पोर्टलमा आइतबार साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले उद्धारको लागि आफ्नो नाम दर्ता गरेका छन् ।